१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

महाधिवेशन तयारीलाई निकासको सूत्र बना‍औं : प्रवक्ता श्रेष्ठ

६ साउन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद सुल्झाउन महाधिवेशन तयारीलाई निकासको सुत्र बनाउन आग्रह गरेका छन्। पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा पार्टी एकताको कायम गर्दै सार्वभौमिकता एवम् अखण्डताको रक्षा गरेर समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।

उनि लेख्छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।’

पार्टीको विवाद मिलाउन प्रधानमन्त्री ओलीले महाधिवेशनमा छिटो जान सकिने बताएपछि अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत भएका छन्। त्यसपछि दुई अध्यक्षबीच तनाव कम हुँदै गएको छ। यसैबीच नेकपा प्रवत्ता श्रेष्ठले महाधिवेशनलाई निकासको सुत्र बनाउन आव्हान गरेका हुन्।

प्रकाशित मिति : 13:04