१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

ओली–प्रचण्डबीचकाे छलफल सकियाे, स्थायी कमिटी बैठक ३ बजेका लागि सर्‍यो

२ साउन, काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सरेको छ । शुक्रवार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार बिहान भएको छलफलपछि ४ घण्टा पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले बैठक अपराह्न ३ बजेलाई सरेको जानकारी दिए ।

नेकपामा केही दिनदेखि देखिएको आन्तरिक विवाद मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

प्रकाशित मिति : 11:19