१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

नेकपा स्थायी कमिटी बैठक आज, एजेण्डामा प्रवेश गर्न नदिने नीतिमा खुमलटार गुट

२ साउन, काठमाडाैँ । नेकपा स्थायी कमिटीको बैठक आज बस्दैछ । पटक पटक स्थगति भएर आज बस्न लागेको बैठक पनि एजेण्डामा प्रवेश गर्न नदिने नीतिमा खुमलटार गुटका नेताहरू रहेका छन । स्रोतका अनुसार खुमलटार गुटका नेताहरूले एजेण्डा बाहिरको विषय बैठकमा प्रवेश गराएर स्थायी कमिटी बैठक समापन गराउने तयारी गरेका छन ।

बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने बुझिएको छ । दुइ अध्यक्षबीचको छलफलले स्थायी कमिटी केही दिनका लागि स्थगित गर्न सक्ने अनुमान पनि गरिएका छन । यद्यपी दुइ अध्यक्षले केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल गर्न सक्ने बुझिएको छ । स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खुमलटारको गुटमा पुनः बिग्रह देखिएको छ । पार्टी उपाध्यक्ष बामदेव गाैतम र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल पार्टी विभाजनको विपक्षमा उभिएका छन । साथै उनीहरूले पार्टी विभाजनका लागि यो समय उपयुक्त नरहेको बताएका छन ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक अघि खुमलटारमा भएको गुट बैठकमा पार्टीका नेताद्धय गाैतम र थापा खुलेरै पार्टी विभाजनको विपक्षमा उभिएका हुन ।

बैठकमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष गाैतमले पार्टी विभाजन हुनबाट जाेगाउनुपर्ने बताएका थिए। बैठकमा गाैतमले भनेका थिए “प्रधानमन्त्री ओलीको कार्यशैलीले पार्टी र देशलाई फाइदा पुगेको छैन, विकल्प खोज्नैपर्नेछ। तर, तत्काल विभाजनमा जानु दुर्भाग्य हुन्छ ।”

यस्तै पार्टीको पछिल्लो गतिबिधिका विषयमा पहिलो पटक मुख खोलेका गृहमन्त्री थापाले अहिले पार्टी विभाजनका लागि अनुकुल माैसम नरहेको बताएका छन । उनले थापाले अहिलेकै अवस्थालाई नसुधारे पार्टी विभाजन हुनबाट नरोकिने बताउँदै पार्टीलाई फुटबाट जोगाउनेगरी सम्वाद अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका थिए।

थापाले गुट भेलामा भने “अहिले जसरी घटनाक्रम विकासित भइरहेको छ। यसले विभाजनको औचित्य पुष्टि हुँदैन ।” उनले अहिलेको सरकार ढाल्दा राष्ट्रियताको सावलमा गम्भीर प्रश्न उठ्ने भन्दै भारतमा भइरहेको प्रचारलाई बल पुग्नेगरी पार्टी निर्णय आउन नहुने बताए । गुट भेलमा वारिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति : 10:10