१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

प्रधानमन्त्री ओली, प्रचण्ड र नेपालबीच छलफल जारी, के आउदै निष्कर्ष ?

१ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । केही दिनयता एक्ला एक्लै छलफल गर्दै आएका प्रधानमन्त्री  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसकेपछि आज वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले तीन नेताबीच  छलफल भइरहेको छ । दुई अध्यक्षबीच यस विषयमा थुप्रै पटक  छलफल भएपनि  दुबै आआफ्नो अडानमा अडिग रहेपछि विवाद मिल्न नसकेको हो।

प्रकाशित मिति : 12:45