१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

ओली-प्रचण्डबीचकाे छलफल सकियाे

२१ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतवार बालुवाटारमा बसेकाे बैठक सकिएकाे छ । दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार अध्यक्षद्धयबीच पार्टी एकतालाई बचाउन सहम भएकाे र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमति भएक छ । उनले भने, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरु रोक्ने सहमति भएको छ र, विगतमा भएका समझदारीहरुका आधारमा पार्टी एकताको आधार तयार पार्न दुबै अध्यक्ष सहमत देखिनुभएको छ ।

झण्डै डेढ घण्टा ओलीसँग वार्तामा बसेर प्रचण्ड पौने २ बजे बालुवाटारबाट बाहिरिएका छन् । अहिले प्रचण्डका २ सहयोगी नेता वर्षमान पुन र जनार्दशन शर्मा भने बालुवाटारमै छन् ।

प्रधानमन्त्री ओलीको तर्फबाट वार्तामा उपप्रधान एवं रक्षामन्त्री इश्वर पाेखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य शंकर पोखरेल पनि सहभागि थिए । प्रचण्ड बाहिरिएपनि उनका सहयोगी नेता र ओलीका सहयोगी नेताहरुबीच छलफल जारी छ ।

प्रकाशित मिति : 14:27