१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

क्वारेन्टिन व्यवस्थापनमा सरकार चुक्याेः मन्त्री भट्टराई

१९ असार, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको बताउनुभएको छ । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भएपनि क्वारेन्टिन व्यवस्थापनमा चुकेको उहाँले बताउनुभयो । क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उहाँले बताउनुभयो ।

उहाँले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताउनुभयो । नाका बन्द हुँदा पनि सहज ढंगले मानिसहरुको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको बताउनुभयो । मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सीमा क्षेत्रबाट निर्वाध रुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

विश्वका अन्य मुलुकहरुको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उहाँले बताउनुभयो । सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरु गरेपछि केही विरोधका लागि विरोध गरेको उहाँले बताउनुभयो । नियतबस खोट लगाउनु बाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफुलाई नलागेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 17:03