१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेकपाको स्थायी कमिटी बैठक शनिबार मात्रै, पार्टी मजबुद बनाउने उपाय खोज्दै ओली-दाहाल

१८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी मजबुद बनाउने उपाय खोजी गरेकाले एक दिनको समय दिइएको बुझिएको छ । बिहीबारको बैठक दुइचरणमा बसेपनि व्यवस्ताका कारण प्रधानमन्त्री समेत रहेका ओली सहभागी हुन सकेनन् ।

स्थायी कमिटी बैठकपछि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिएको जानकारी अनुसार आज छैटौं दिन भिन्न कार्यसूचिमै केन्द्रित भई बैठक संचालन भयो तर दिनभरिजसो निरन्तर भएन । उनका अनुसार बिहानको बैठकमा शुरूमा केशव बडाल र अमृतकुमार बोहराले आआफ्ना धारणा राखेका छन ।

प्रकाशित मिति : 17:44