१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

राष्ट्रपति भण्डारीद्धारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

१८ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक अन्य केही विधेयकहरु पनि पारित गरेको छ ।

प्रकाशित मिति : 14:57