ओलीलाई भेटेपछि याेगेशले भनेः चिजकाे विकास सकारात्मक छ, प्राेक्सीवार बन्द गराैँ
१७ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पधानमन्त्री ओलीलाई भेटेपछि चिजकाे विकास सकारात्मक भएकाले प्राेक्सीवार बन्द गर्न नेताहरूलाई अनुराेध गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्पाताे बताएका हुन् ।

उनि लेख्छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनुभयो जुन सकारत्मक् छ । सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौँ । प्रोक्सी वार बन्द गरौँ ।’
प्रकाशित मिति : 12:03









