नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन
१७ असार, काठमाडाैँ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । छन्त्यालको उपचारको क्रममा बुधबार बिहान गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा निधन भएको हो । उनी संविधानसभामाको सदस्य पनि रहेकी थिइन ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी छन्त्याल प्रतिनिधिसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी थिइन् । छन्त्याल मुट सम्बन्धी समस्याबाट लामो समयदेखि पीडित थिइन् । छन्त्यालको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 10:18









