१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेकपा स्थायी कमिटी बैठकमा सरकारका कामको प्रशंशा, अर्को बैठक असार १६ गते बस्ने

१३ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  स्थायी कमिटी बैठकमा सरकारका कामका विषयमा प्रशंशा भएको छ । स्थायी कमिटी बैठकको तेस्रो दिन बोल्ने सबैजसो नेताले सरकारले कालापानीको भूमि फिर्ताका लागि गरेको प्रयाश र कोरोना रोकथाम र नियन्त्रणमा गरिरहेको प्रयासका बारेमा प्रशंशा गरेका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पार्टी अध्यक्षद्वयको उपस्थितिमा शुरू भएको र केही समयपछि अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओली आफ्नो स्वास्थ्यको असहजताको जानकारी गराएर बाहिरिएको र प्रचण्डले बैठक चलाएको बताए । उनले भोलि असार १४ गते मदन जयन्ती र पर्सी १५ गते धान दिवसका विभिन्न कार्यक्रमहरू रहेकाले अर्को बैठक असार १६ गते बिहान ११ बजे बस्ने जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहनुभएका नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार शनिबार देवेन्द्र पौडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना धारणा राखेका छन ।

प्रकाशित मिति : June 27, 2020 at 6:43 pm