१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नेविसंघले त्रिवि उपकुलपति बाँस्कोटामाथि हातपात र दुर्व्यवहार गरेको अनेरास्ववियूको आरोप

१० असार, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटामाथी हातपात र दुर्व्यवहार गरेको बताएका छन । संयोजक महरले ट्वीट मार्फत नेविसंघले उपकुलपति माथि दूर्व्यवहार गरेको भन्दै कस्तो लोकतन्त्र र संस्कार चाहेको भन्ने प्रश्न गरेका छन ।

संयोजक महरले लेखेका छन आज नेबि संघले त्रिभुवन बिश्वबिद्धालय को उपकुलपति प्रा डा धर्मकान्त बास्कोटामाथी हातपात र दुर्व्यवहार गर्दै उहाँको कुर्सी भिसी कार्यालय अगाडी को बाटोमा ल्याएर जलाएको छ र कार्यालयमा ताला लगाएको छ। मेरो प्रश्न: नेबि संघले कस्तो लोकतन्त्र ,शिक्षा पद्धती र संस्कार चाहेको हो ?

प्रकाशित मिति : 14:23