अखिल नेतृको प्रश्नः एमसीसीबारे सार्वजिनक रूपमा नबोल्ने कुलमान कुलम्यान कि भाइरलम्यान ?
१० असार, काठमाडाैँ । सत्तारूढ पार्टी नेकपाको भ्रातृ संगठन अनेरास्ववियूकी नेतृ अस्मिता थापाले कुलमान प्रवृतिमाथी प्रश्न गरेकी छिन । समाजिक सञ्जालमात तिखो टिप्पणी र प्रतिक्रिया व्यक्त गर्ने अखिल नेतृ थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रवृतिमाथि प्रश्न उठाएकी हुन ।

उनले भनेकी छिन ‘नेकपा सचिवालयको बैठकमा बोलाइएका विद्यूत प्राधिकरणका MD कुलमान घिसिङले प्रसारण लाइनको लागि एमसीसी परियोजना चाहिन्छ भने तर त्यहि कुरा उनी सार्वजनिक रुपमा बोल्दैनन् नेपालमा भीडलाई बुझाउने भन्दा पनि भीडले जे रुचाउछ त्यो बोल्ने घातक संस्कार विकास भइरहेको छ, कुलम्यान कि भाइरलम्यान ?’
प्रकाशित मिति : June 24, 2020 at 10:15 am









