१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

वृद्धवृद्धाको अनुभव भविष्यका लागि उपयोगी हुन्छः राजदूत पाण्डे

९ असार, काठमाडाैँ । देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा जनवादी गणतन्त्र चीनको लागि नवनियुक्त राजदुत महेन्द्रबहादुर पाण्डेलाई आज एक कार्यक्रमकाकबीच सम्मान गरेको छ। नुवाकोट जिल्ला, बिदुर न पा ५, देवीघाटमा रहेको प्रतिष्ठानले राजदूत पाण्डेलाई बधाई तथा शुभकामना दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै राजदुत पाण्डेले नुवाकोटका जनताले देखाएको सद्भावबाट आफू उत्साहित भएको र आफ्नो तर्फबाट निराश नबनाउने बताउनुभयो।

उहाँले वृद्धवृद्धालाई सहि ढंगबाट संरक्षण गर्न र अनुभवहरु लिखितरुपमा संकलन गरि एउटा दस्तावेज बनाउन सके भविष्यमा धेरै उपयोगी हुनसक्ने बताउनुभयो। कार्यक्रममा बागमती प्रदेश सभा नेकपाका प्रमुख सचेतक केशव पाण्डे, बिदुर नगरपालिकाका पूर्व मेयर तथा नेकपाका नेता ठाकुर गजुरेल, आयोजक संस्थाककी कोषाध्यक्ष तथा नेपाली काङ्ग्रेस नुवाकोटकी नेतृ बिन्दा अर्याल, संस्थाका उपाध्यक्ष बद्रीलाल श्रेष्ठ र सहसचिव रामहरि गजुरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको अध्यक्ष बिष्णु प्रसाद नेपालको सभापतित्वमा काठमाडौं, बालाजु स्थित गुराँस क्याफेमा कार्यक्रम सम्पन्न भएको संस्थाका सल्लाहकार अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार संस्थाको आफ्नै सुबिधा सम्पन्न भवनमा हाल सत्ताईस जना बृद्धबृद्धाले आश्रय लिरहेकाछन्।

प्रकाशित मिति : 17:22