त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. दिब्या सिंह शाह नियुक्त
३ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छिन् । प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हाे ।

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ र प्रा. डा. प्रदीप वैधकाे नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले जेठ २१ मा उमेर हदका कारण अवकाश पाएका थिए ।
प्रकाशित मिति : 20:26









