१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गराैँः सभापति देउवा

३१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताएका छन । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै सभापति देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत …नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफाबार छलफलका क्रममा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्वीरः रोशन सापकोटा/रासस

सभापति देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा रहेको निष्कर्षसहित कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको स्पष्ट पारे । देउवाले अाजको दिन अन्य विषयमा नबोल्ने भन्दै छोटोमात्र बोले ।

प्रकाशित मिति : 14:59