गगन थापाज्यू, अनेकन मान्छे उरालेर कोरोना थप फैलाउने गतिबिधिमा मलजल नगर्नुस् !
२९ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक जना युवा नेता अनुजकुमार श्रेष्ठले नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापालाई अनेकन मान्छे उरालेर कोरोना थप फैलाउने गतिबिधिमा मलजल नगर्न चेतावनी दिएका छन । सामाजिक सञ्जालमा लामो टिप्पणी प्रस्तुत गर्दै श्रेष्ठले थापालाई अहिले कोरोनासंग लड्न अनुरोध गरेका छन ।
तत्कालीन समयको कालापनी मार्चपासका एक जना सदस्य समेत रहेका नेता श्रेष्ठले थापाको भाषण मिठो भए पनि बोलेका कुरा सुनेर तिनछक परेको प्रतिक्रिया जनाएका छन । उनले गगनको अशलियत सबै ह्वाङ्गै भएको भन्दै मन्त्री हुँदा भ्रष्टाचारको पोखरीमा डुबेको आरोप समेत लगाएका छन ।

श्रेष्ठले भनेका छन ‘मन्त्री हुँदा भ्रष्टाचारको पोखरीमा डुबेका नेपाली कांग्रेसका नेता गगन थापा ज्युको भाषणकलाको उच्च प्रशंसा गर्दछु। तर पछिल्लो समय उनको भाषण सुनेर तीनछक परिराछु । सरकारले कोरोनाबाट मृत्यु हुनेहरुको संख्या लुकायो रे ! आफ्नै पालामा प्रवक्ता भएका व्यवस्थापन महासाखा प्रमुखको सरूवा भयो रे ! एउटा कर्मचारीको विषय सम्मानित संसदमा कुर्लिएर उठाउने यहाँको नियत जनताले राम्रोसँग बुझेका छन्।’
नेता श्रेष्ठले ‘त्रिचन्द्र प्रकरण, नुवाकोट सुनखानीको बाख्रा प्रकरण र मन्त्रीहुँदाका विभिन्न खरिद प्रकरणहरुले यहाँको असलीयत ह्वाङ्गै पारेको छ। असहज परिस्थितीकोको बाबजुद पनि दृढता पूर्वक कोरोना महामारी सँग लडिरहेको सरकारका विरूद्धमा किन मुख कुच्याउँदै धारेहात लगाइरहेकाछौ रु सक्छौँ भने रचनात्मक सहयोग गर, नसके अनेकन मान्छे उरालेर रोगको संक्रमण थप फैलाउने गतिबिधिमा मलजल नगर !’
प्रकाशित मिति : 22:38









