बजार खोल्न र जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिने सरकारको निर्णय
२८ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ । लकडाउन खुकुलो बनाएर जनजीवन सामान्यतर्फ उन्मुख गराउन मन्त्रिपरिषद् बैठकले जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजार पसलसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो । निर्णय अनुसार अब बजार खुल्नेछ । योसँगै लकडाउनका कारण बन्द भएका विभिन्न कार्यालयहरू पनि सञ्चालनमा अाउने भएका छन ।
यद्पयी मापदण्ड बनाएर पसल र निजी सवारीसाधान चल्न दिने र त्यसका लागि बिहीबार कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठक बसेर मापदण्ड तयार गरिने बताइएको छ । निर्णय र बजार र सवारी सञ्चालनको मोडालिटीको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्रील बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनेछन ।
प्रकाशित मिति : 22:24









