१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

भारतीय इशारामा नयाँ नक्साविरूद्ध संशोधन हाल्ने गिरीलाई कारबाही गर्ने समाजवादीको चेतावनी

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीले भारतीय इशारामा नयाँ नक्साविरूद्ध संशोधन हाल्ने गिरीलाई कारबाही गर्ने चेतावनी दिएको छ । संविधान संशाेधन प्रस्तावको विरूद्धमा संशाेधन हालेपछि उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै समाजवादी पार्टीले कारबाहीको चेतावनी दिएको हो ।

बुधबार समाजावादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । गरीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । गिरीले संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : 18:11