१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

भूमि फिर्ता अभियान सबैकाे साझा भावना हाे, कसैलाई देवत्वकरण गर्ने विषय हाेइनः प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता गर्ने अभियान नेपाल र नेपालीको साझा भावना भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तर्गतको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा साे कुरा बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, ‘भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो। कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन। कसैलाई देवत्वकरण गर्ने कुरै होइन।’ प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै सपना नरहेको समेत बताउनुनुभयाे।

उहाँले शक्ति केन्द्रित गर्ने आफ्नो सोच पनि नरहेको स्पष्ट पार्नुभएकाे छ। उहाँले संसद अहिले फराकिलो भावनाका साथ अगाडि बढिरहेको बताउँदै राष्ट्रिय एकताका लागि सर्वदलीय बैठक, सर्वपक्षीय बैठकको राय सल्लाह र परामर्श लिएर नै अघि बढेको पनि जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 12:12