१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट बढाउनु पर्छः मन्त्री पोखरेल

९ जेठ, काठमाडौँ । अन्तराष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहने बाताएका छन् । उनले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार भएकाहरुसँग आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष कृष्ण थापाको नेतृत्वमा गएको प्रमण्डलले केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व न्यूनतम ६० प्रतिशतसम्म प्रतिनिधित्व हुनुपर्ने र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामा आधारित कार्यक्रम ल्याउनुपर्ने माग गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १५:१२