३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

अस्पतालले जागिरबाट निकालेपछि शरीरमा आगो लगाएका व्यक्तिकाे हेलिकप्‍टरबाट उद्धार

२६ जेठ, काठमाडाैँ। अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ। अस्पतालले जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

उनलाई सिम्रीक एअरको हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर लगिएको छ । बयलपाटा अस्पतालले उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो। अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।

प्रकाशित मिति : June 8, 2020 at 4:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/