काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
२६ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दै छ ।

बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
प्रकाशित मिति : 08:58







