७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

इन्द्रावती गाउँपालिकामा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ निर्माण हुँदै

२६ जेठ, मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

फाइल फाेटाे

उहाँका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताउनुभयो ।

प्रकाशित मिति : June 8, 2020 at 8:39 am