बाबुरामको नाममा टिपेक्स लागेपछि सहयोगी पाण्डेले भने बैठकसम्म कुरीदिनुस्
२५ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीका चौँथो वरियताका नेता डा बाबुराम भट्टराइको नाममा टिपेक्स लागेपछि अनेक खालका टिप्पणी सामाजिक सञ्जालमा देखिएका छन । यही बीचमा उनकै सहयोगी समेत रहेका विश्वदीप पाण्डेले फेसबुक मार्फत बैठकसम्म कुरीदिनु अनुरोध गर्दै त्यसपछि बाबुरामको नाम अध्यक्षमै थपिन सक्ने आशा व्यक्त गरेका छन । उनले फेसबुकमा लेखेको व्यहोरा जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।
बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।

कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो । हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ ।
समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहल हो । अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं । वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ ।
प्रकाशित मिति : 22:30









