७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कर्णालीमा आइतबारमात्रै ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६४१ पुग्याे

२५ जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा आइतबार ५४ जना काेराेना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमाकाे प्रयोगशालामा गरिएको परीक्षणमध्ये ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

आइतबार भेटिएकामध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालिकोटका ३/३ जना रहेका छन् । थपिनेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ का ७ पुरुष, १ महिला, वडा नम्बर ३ का २ पुरुष, ४ का ३ पुरुष, ५ र ६ का २/२ जना पुरुष, वडा ७ का ५ जना पुरुष, वडा नखुलेका १ पुरुष छन्।

सल्यानको बेलखोला गाउँका ३ जना पुरुष रहेका छन् भने कुमाख गाउँपालिका–३ का २ जना पुरुष रहेका छन्। यसैगरी सुर्खेतको बराहताल गाउँपालिका–१ र २ का १/१ जना पुरुष, भेरीगंगा नगरपालिका–९ र वीरेन्द्रनगर नगरपालिका–२ का २/२ जना पुरुष, चौकुने गाउँपालिका–७ र ८ का १/१ पुरुष, लेकवेशी नगरपालिका–१, ३ र ९ नम्बर वडाका १/१ जना पुरुष, वडा नम्बर ४ का ३ पुरुष, पञ्चपुरी नगरपालिकाका ४ जना पुरुष र वडा नम्बर ९ का १ जना महिला, १ जना पुरुष छन्।

यस्तै दैलेखको भेरवी गाउँपालिका–३ र ५ का १/१ जना पुरुष, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का ११ वर्षीय बालकमा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ। कालिकोटको खडाचक्र नगरपालिका–९ र १० का १/१ जना पुरुष र महाबै गाउँपालिका–३ का एक जना पुरुषमा संक्रमण देखिएको छ। याेसँगै कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या ६४१ पुगेकाे छ ।

प्रकाशित मिति : June 7, 2020 at 3:55 pm