गुल्मीकाे धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेल १४ दिनपछि काेराेना संक्रमण मुक्त
२४ जेठ, गुल्मी । गुल्मीकाे धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले काेराेना संक्रमणबाट मुक्त भएका छन् । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सम्पर्कमा रहेर घरमै सेल्फ आइसोलेसनमा बसेका अध्यक्ष पोखरेल १४ दिनपछि निको भएका हुन् ।

उनको स्वाबको दुईवटा रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक गत १८ गते उनको स्वाब संकलगन गरी पुनः पीसीआरका लागि पठाइएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : June 7, 2020 at 2:39 pm





