गोरखामा १० जनामा देखियाे काेराेना, प्रहरी हिरासतमा रहेका युवकमा पनि संक्रमण पुष्टि
२५ जेठ, काठमाडाैँ । गोरखामा १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा: गोरखामा आइतबार एकै दिन १० जना काेराेना संक्रमित फेला परेका हुन्। संक्रमितमध्ये ७ जना भारतबाट फर्केर क्वारेन्टाइन बसेका व्यक्ति हुन्। पालुङटार नगरपालिकाका १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यसैगरी हिरासतभित्र रहेका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका १७ वर्षीय युवकमा आइतबार कोरोना पुष्टि भएकाे हाे । १० दिनअघि जवरजस्ती करणीकाे अभियोगमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरेपछि आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो।
ती युवकसँग सम्पर्कमा आएका सबैको खोजी गर्ने तयारी रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । संक्रमित युवकलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा राखिने जनाइएको छ।
प्रकाशित मिति : June 7, 2020 at 12:12 pm





