१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

लकडाउनको मोडालिटी र कोरोना नियन्त्रणबारे छलफलका लागि प्रधानमन्त्री ओलीले बाेलाए विज्ञ

२१ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गर्न लागेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएको छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए।

फाइल फाेटाे

चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेकाे जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । गत मन्त्रिपरिषद् बैठकले पनि लकडाउनको स्वरुप फेर्ने जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल नेतृत्वको समितिलाई दिएको छ।

समितिले विदेशबाट ल्याउने नागरिकका लागि मापदण्ड बनाइसकेको छ भने लकडाउनको मोडालिटी फेर्नेबारे पनि छलफल अघि बढाइहरेको छ। लकडाउनको स्वरुप फेर्ने तयारीसँगै पोखरेल नेतृतवको उच्चस्तरीय समितिले आवश्यक छलफल थालिसकेको छ। लकडाउन पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि थपिएको छ।

प्रकाशित मिति : 13:03