१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

१७ जेठ, काठमाडौँ । सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रपिरिषदको बैठकले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठक शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बैठकले बैठकले अन्तर्राष्ट्रिय सीमा र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई प्राथमिकताका आधारमा ल्याउने निर्णय पनि गरेको छ । त्यसका लागि तयार गरिएको कार्ययोजना समेत स्वीकृत भएको छ । विदेशबाट ल्याइएका त्यस्ता नागरिकलाइ काठमाडौँको होटलहरूमा क्वारेन्टीन बनाइ राख्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : 21:22