१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

सुरक्षा परिषद्को बैठक सकयो, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

१७ जेठ, काठमाडाैँ । सुरक्षा परिषद्को बैठक सकिए लगत्तै मन्त्रीपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकमा नयाँ नक्सा जारी भएपछि संविधान संशाेधन प्रक्रिया मार्फत निशान छाप संशाेधनका लागि संसदमा दर्ता गरेको प्रस्तावका सम्बन्धमा गम्भीर छलफल हुने बुझिएको छ ।

त्यस्तै बैठकमा कोरोना रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताइएकाे छ । विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ । सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

प्रकाशित मिति : 18:53