नेकपा सचिवालय बैठकमा नेता रावल, मन्त्रीहरू खतिवडा र ज्ञवाली पनि सहभागी
१६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावल, अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा सचिवाल सदस्य नरहेका भीम रावलसहित खतिवडा र ज्ञवालीसमेत आमन्त्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल केन्द्रीत रहेको छ । रावल र ज्ञवाली नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।
प्रकाशित मिति : 11:43









