२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन अझै एकताबद्ध बनाैँः पूर्व प्रधानमन्त्री खनाल


१५ जेठ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले छिमेकी देश भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न अझ बढी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको बताएका छन् । खनालले कोरोना महामारीकाविरुद्ध लडिरहेका बेला छिमेकी भारतले नेपालको भु­भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले भनेका छन् ‘पार्टीलाई नीति र विधिका आधारमा परिचालित गदै पार्टीलाई अझ बढी एकताबद्ध बनाउन, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकगठ पार्न, महामारीका विरुद्ध अझ दृढ भएर लाग्न र समाजवादको बाटोमा दृढतापूर्बक अघि बढ्न म सबैलाई हार्दिक आह्वान गर्दछु ।’

खनालको शुभकामना सन्देश जस्ताको तस्तैः
आज २०७७ जेष्ठ १५ गते, एक एतिहासिक दिन,सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको महत्वपूर्ण दिन । यस ऐतिहासिक सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

२०६२-०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौं देखिको सामन्ती, निरंकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनक्रान्तिकै बलबाट हामीले समाबेशी लोकतन्त्र, समाजवादउन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेका छौं । जनक्रान्तिकै म्यान्डेट बमोजिम हामीले संविधान सभाको निर्वाचन गर्यौ । सबिधान निर्माण गरेपश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहको गठन गर्यौ । यी हामीले गरेका महत्वपूर्ण उपलब्धीहरु हुन् ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार संचालित छ । हाम्रो सामु अहिले ठूल ठूला चुनौती पनि देखा परिरहेका छन् । एकातिर हामीहरm कोरोना महामारीका बिरmद्ध लडिरहेका छौ भने अर्कातिर हाम्रो छिमेकी राष्ट्र भारतले हाम्रो भु­भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको छ । त्यसले गर्दा अतिक्रमित भूमि फिर्ता ल्याउन,राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न हामीले अझ बढी एकताबद्ध भएर अघि बढ्न जरmरी छ ।

त्यसैले यो बिशेष घडिमा पार्टीलाई नीति र विधिका आधारमा परिचालित गदै पार्टीलाई अझ बढी एकताबद्ध बनाउन,राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकगठ पार्न,महामारीका विरुद्ध अझ दृढ भएर लाग्न र समाजवादको बाटोमा दृढतापूर्बक अघि बढ्न म सबैलाई हार्दिक आह्वान गर्दछु ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १०:३२