१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेकपाको स्थायी कमिटीमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ थपिए

७ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा पूर्व एमाले कोटाबाट चार जना थपिएका छन । जसमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ रहेका छन ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा,सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल,लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी ४४१ सदस्यीय कमिटीमा आमन्त्रितमा रहने भएपछि तत्कालीन एमालेको भागमा रहेको कोटामा उनीहरु थपिएका हुन ।

थपिएका मध्ये रिमाल र महासेठ केपी शर्मा अोली निकटाका नेता हुन भने पन्त र भुसाल माधवकुमार नेपाल  निकटका नेता हुन । थपिएका चारै जना एमालेको नवौँ महाधिवेशनमा पदाधिकारीमा पराजित भएका नेता हुन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार २१:३१