बाबुराम भट्टराईलाई फुटेकाे शिशाकाे टुक्रामा अनुहार हेर्न सूर्य थापाको सुझाव
६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई फुटेको शिशाको टुक्रामा अनुहार हेर्न सुझाव दिएका छन । सामाजिक सञ्जाल मार्फत सल्लाहकार थापाले भट्टराईलाई फुटेको शिशाको टुक्रामा अनुहार हेर्न सुझाव दिएका हुन । सल्लाहकार थापाले डा भट्टराईलाई दिएको सुझाव यस्तो छः
डा. बाबुराम भट्टराईको मागबमोजिम प्रधानमन्त्री सच्चिनुरसुध्रिनुपर्ने रे ? लेख्नुबोल्नुको पनि हद हुन्छ ? कमसेकम फुटेको शिशाको टुक्रामा आफ्नो अनुहार हेर्नू नि ! काँग्रेसको सहयोगमा गोरखामा कृपापूर्वक यिनले चुनाव जितेको जनताजनार्दनले भुलेका छन र रु अनि, यी ! सिटे अस्थिरताका गोटीसँग कस्तो व्यवहार गरिदिनुपर्ने हो प्रमले रु अझ हठ र अहंकार पो भयो रे !!

देशभक्तिलाई “भाैगाेलिक राष्ट्रवाद”काे संज्ञा दिदै लिम्पियाधुरासहितकाे नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदकाे निर्णय र सार्वर्भाैम संसदकाे ऐतिहासिक घाेषणाकाे पनि यसरी विराेध गर्ने ? हिजाे ४० सूत्रीय माग पेश गर्दा नक्कली राष्ट्रवादी भई टाेपलेका “फण्डिङ पिएचडी”ले यति नग्न दासता प्रदर्शन र दलाली त नगरे हुन्थ्यो नि ! अझै चितुवासम्म हो कि भन्ने भ्रम दिएकोमा आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीले दिनुभएको दमदार मन्तव्यपछि झुसे बिरालोका रूपमा पो म्याउँ गरेको सुनियो, !!! यसरी ! जसको सीता खायो, उसकै गीता गायो ! लाजको पसारो !!!
प्रकाशित मिति : 21:21









