कालापानी विवाद जटिल नबन्ने चीनको विश्वास
६ जेठ, काठमाडाैँ । चीन सरकारको विदेश मन्त्रालयका प्रवक्ता झाउ लिजियनले कालापानी विवाद जटिल नबन्ने विश्वास लिएको बताएका छन । नेपाली भूमि कालापानीमा भारतले अतिक्रमण गरेपछि नेपालले अाफ्नो नयाँ नक्सा जारी गर्ने निर्णय गरे लगत्तै चीनले प्रतिक्रिया जनाएको हो ।

प्रवक्ता झाउले लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि भारतले अतिक्रमण गरेका कारण भएको विवादमा चीन नजोडिने स्पष्ट पारेका छन । मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाउले दुबै देशले मैत्रीपूर्ण परामर्शमार्फत् विवादको हल खोज्ने विश्वस व्यक्त गरेका छन ।
प्रकाशित मिति : 20:37









