भारतलाई प्रधानमन्त्री ओलीको प्रश्नः सत्यमेव जयते कि सिंहमेव जयते ?
६ जेठ, काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते भनेर प्रश्न गर्नुभएकाे छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने समेत बताउनुभएकाे छ । उहाँले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नेपालकाे नयाँ नक्साले पाठ्यपुस्तकदेखि धेरै कुरामा परिवर्तन ल्याउने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’
उहाँले ‘सत्यमेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने प्रष्ट पार्नुभयाे । अहाँले भन्नुभयाे, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ? प्रधानमन्त्री ओलीले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने उनको भनाइ थियो ।
प्रकाशित मिति : 14:50









