मन्त्रिपरिषदकाे आकस्मिक बैठक बालुवाटारमा जारी, यस्ता छन् एजेण्डा
५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषदकाे आकस्मिक बैठक बालुवाटारमा जारी जारी छ । साँझ ६ बजेदेखि जारी बैठकमा लिपुलेक र कालापानी समेटेर बनाइएकाे नेपालकाे नयाँ नक्साकाे बारेमा छलफल हुने बताइएकाे छ । साथै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकाले साेहि विषयमा छलफल हुने बताइएकाे छ ।

यसैगरी बैठकमा विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल हुने बताइएकाे छ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति : 19:16









