१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

नेकपाका उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना

४ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आइतबार बिहानदेखि आफैँ कटारी अस्पतालको आइसोलेसनमा गएका हुन् ।

शुक्रबार कोरोना पुष्टि भएका पत्रकारसँग सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका अध्यक्ष कटुवाल काेराेना संक्रमणकाे आशंकामा आफैँ अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । भेट भएका व्यक्तिहरुमा पनि संक्रमण देखिएकाे र आफू सुरक्षित हुने तथा अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर अस्पताल भर्ना भएकाे अध्यक्ष कटवालले जानकारी दिए ।

प्रकाशित मिति : 15:49