कोरोनाबाट सुत्केरीको मृत्यु भएकोमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट नेपालमा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्नुभएकाे छ । कोरोना संक्रमणबाट मानवीय क्षति हुन नदिन सरकारले प्रयास गरिरँहदा पनि सिन्धुपाल्चोकमा एक सुत्केरीको मृत्यु भएको भन्दै घटना प्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताउनुभएकाे छ । उहाँले आइतबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमणबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताउनुभयाे । उहाँले मृतक प्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्नुभएकाे छ ।

प्रकाशित मिति : 10:56









