नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषद बैठक बस्दै
२ जेठ, काठमाडाैँ । संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा सरकारद्वारा पेश गरिने नीति तथा कार्यक्रम पास गर्न शुक्रवार अपराह्न मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

अपराह्न ४ बजे संसदमा पेश गरिने सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले २ बजे मन्त्रिपरिषद बैठक बस्ने एक मन्त्रीले बताए । शुक्रवार नै बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेकपाका सचिवालय सदस्यहरूको सुझाव लिएका थिए । सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रकाशित मिति : 13:51









