नीति तथा कार्यक्रममा सुझाव दिन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२ जेठ, काठमाडाैँ । सरकारले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा सुझाव दिन नेकपाका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ । सरकारले संसदमा अाज अार्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन ।

मन्त्रीपरिषद्ले नीति तथा कार्यक्रम पारित गर्नुअघि नै नेकपाका सचिवाल सदस्यहरूको समेत राय लिन लागिएको बुझिएको छ । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : 08:53









