१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

सबै प्रशासन कार्यालयले जारी गरेको पास खारेज, पत्रकारले सूचना विभागको पास देखाउनुपर्ने

१ जेठ, काठमाडाैँ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवारी पास एकमुष्ठ खारेज गर्नेल निर्णय गरेको छ । गृहमन्त्रीको नेतृत्वमा तीनै सुरक्षा निकायमा प्रमुखसहित दिउँसभर गृहमन्त्रालयमा भएको बैठकले सवारी पास एकमुष्ठ खारेज गर्न सुझाव दिएपछि मन्त्रालयले सबै सवारीपास खारेजको निर्णय गरेको हो ।

मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीका अनुसार अब गृहमन्त्रालयले मात्र पास जारी गर्नेछ । अधिकारीका अनुसार जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको हो । उनले पत्रकारले सूचना विभागको परिचयपत्र देखाएर हिड्न पाउँने तर मिडियाको मात्र परिचयपत्रले हिड्न पाउने छैनन् ।

प्रकाशित मिति : 17:24