२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

कार्यालबाटै घोरल बेपत्ता पार्ने वन कार्यालय नुवाकोटका प्रमुख एक लाख घुससहित पक्राउ


२७ वैशाख, काठमाडाैँ । कार्यालबाटै घोरल बेपत्ता पार्ने डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद यादव एक लाख घुससहित पक्राउ परेका छन । केहीबेरअघि उनी कार्यालयबाटै एक लाख घुससहित पक्राउ परेको नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनालले जानकारी दिए । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले अहिले थप अनुसन्धानको काम गरिरहेको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा अलपत्र अवस्थामा रहेको घोरल स्थानीयले उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाएको केही घण्टामै घोरल वेपत्ता पारिएको थियो । भद्रुटारको त्रिवेणी धाम नजिकै घोरल फेला पारेपछि स्थानीयले उद्धार गरेर विदुरमा रहेको जिल्ला वन कार्यालयमा लेगेर बुझाएका थिए ।

तर बुझाएको केही घण्टामै रहस्यमय रूपमा घोरल वेपत्ता पारिएको थियो । घोरल बुझाउने स्थानीयहरूले कर्मचारीकै मिलेमतोमा घोरल वेपत्ता पारिएको दाबी गरेका थिए । हिमाली बाख्रोको उपमा पाएको घाइते अवस्थामा रहेको घोरल मध्यरातमा फलामको खोर भत्काएर भागेको भनेर वन कार्यालयले पन्छिने कोशिश गरिरहेको थियो । यसै पनि घाइते रहेको उक्त घोरलले कसरी फालामको बार भत्कायो होला ? अर्को कुरा मुस्किलले त्यहाँभित्र अटाएको घोरलले सिंगाैरी खेल्ने अवस्था पनि छैन ।

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै “घोर”, “घोड” आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।

घोरलको काँधको उचाइ ६५ देखि ७० सेन्टिमिटर हुन्छ। तौल २५ देखि ३५ किलोग्राम हुन्छ। घोरलको घाँटीको तल्लो भाग सेतो रङको हुन्छ। घोरल बाख्रा प्रजातिमा पर्छ। नेपाली अनुसन्धानकर्ताहरूले यसलाई हिमाली बाख्रा भनेका छन्। यसको अंग्रेजी नाम हिमालयन घोरल र वैज्ञानिक नाम निमोरहेड्स गोरल हो।

यो पनि पढ्नुहोस्

-वन कार्यालय नुवाकोटबाट घोरल हरायो, स्थानीयको प्रश्न वनमा गयो कि कर्मचारीको पेटमा ?

-काण्डै काण्डले जेलिएको नुवाकोटमा ‘घोरल काण्ड’, अनुत्तरित प्रश्न पेटमा हरायो कि वनमा ?

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १६:०२