५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

वन कार्यालय नुवाकोटबाट घोरल हरायो, स्थानीयको प्रश्न वनमा गयो कि कर्मचारीको पेटमा ?


२६ वैशाख, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा अलपत्र अवस्थामा रहेको घोरल उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाएको केही घण्टामै वेपत्ता पारिएको छ । स्थानीय श्याम पाण्डेका अनुसार भद्रुटारको त्रिवेणी धाम नजिकै घोरल फेला पारेपछि स्थानीयले उद्धार गरेर विदुरमा रहेको जिल्ला वन कार्यालयमा लेगेर बुझाएका थिए ।

तर बुझाएको केही घण्टामै रहस्यमय रूपमा घोरल वेपत्ता पारिएको उनीहरूले गुनासो गरेका छन । उनीहरूले घोरल कर्मचारीकै मिलेमतोमा वेपत्ता भएको गुनासो गरेका छन । वन कार्यालयका कर्मचारीले कुनै जवाफ समेत दिन नसकेको स्थानीयले बताएका छन । उनीहरूको कर्मचारीले घोरल हरायो भन्ने बहाना बनाएर मासु खाएको आशंका गरेका छन । उनीरूको प्रश्न छ त्यो घोरल वनमा गयो कि कर्मचारीको पेटमा ? जवाफ दिनुपर्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार ०७:२८