४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिद्धि विनायक माविका ८० जना विद्यार्थीका लागि नेतृत्व विकास तालिम

–शिशिर सिंखडा
५ जेठ, चितवन । पूूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको सिद्धि विनायक आवासीय मा.वि. मा नेतृत्व विकास तालिम गरिएको छ । विद्यालयका कक्षा ५ देखि १० सम्मका ८० जना विद्यार्थीहरु सहभागी रहेको तालिममा नेतृत्व विकास, उद्घोषण कला, नेतृत्वकर्ताले ध्यान दिनुपर्ने कुराहरु, गुणहरु लगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।

सो १ दिने प्रशिक्षणमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् शिशिर सिंखडा र जिल्ला सदस्य अनिता अर्यालले सहजीकरण गरेका थिए । जुनियर रेडक्रस सर्कल सिद्धि विनायक आ.मा.वि. को आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका सहायक प्राचार्यद्वय नवराज बञ्जारा र साजन थापा मगर, शिक्षक नायक आशिष बोमजन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जुनियर रेडक्रस सर्कल सिद्धि विनायकका अध्यक्ष शैेलेष पन्तकोे अध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यालयले हरेक कक्षाका सबै विद्यार्थीहरुलाई नेतृत्व विकासका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने योजना रहेको प्राचार्य लामिछानेले जानकारी दिए । आज आयोजित पहिलो चरणको कार्यक्रममा कक्षाका क्याप्टेन, भाइस क्याप्टेन लगायतलाई प्रशिक्षण गराइएकोे र सबै कक्षाका विद्यार्थीलाई यसप्रकारकोे र अन्य थप तालिमहरु पनि दिइने लामिछानेले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १२:०७