४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लडेर जिब्रो प्वाल परेकी बालिकालार्इ पढ भन्दै यातना दिने युरो किड्स गोंगबुले माफी माग्यो

५ जेठ, काठमाडाैँ । काठमाडाैँकाे टोखा नगरपालिकामा रहेको युरो किड्स गोंगबुमा भएको सुन्दै अांग सिरिङ्ग हुने घटनामा स्कुलले कर्मचारीलार्इ कारबाही गरी अभिभावकसँग माफी मागेकाे छ । गोंगबुकी एक बालिका खेल्नेक्रममा साथीले धकेलेर लडेको र जिब्रो प्वाल परेर रगत अाउँदा समेत पढाउने नाममा विद्यालयले अभिभावकलार्इ समेत खबर नगरी यातना दिएको विषय यसअघि सार्वजनिक भएको थियो ।

स्कुलले लिखित रूपमै र प्रहरीसमेत साक्षी राखेर सार्वजनिक रूपमा क्षमायाचना गर्ने बताएको छ । स्कुलले कोअर्डिनेटर राजन कार्कीलार्इ हटाएकाे छ । स्कुलका अध्यक्ष प्रमाेद पाण्डेले  काेअर्डिनेटर कार्कीलार्इ हटाएको र अाइतबार सार्वजनिक रूपमा क्षमायाचना गराउने प्रतिवद्धता जनाएको कलशी कडेँलकी अामा स्वीकृित पाैडेलले जानकारी  दिइन ।

यसअघि घटनाकाे ११ दिनपछि पीडित बालिकाका अभिभावकले अाफ्नो पीडा सार्वजनिक गरेका थिए । स्कुलले चरम लापरबाही गरेर अाफ्नाे छाेरीलार्इ पीडा दिएको भन्दै पीडित बालिका कलश कँडेलकी अामा स्वीकृित पाैडेलले स्कुलविरूद्ध कानुनी लडाइँ लड्ने तयारी समेत गरेकी छिन ।

याे पनि पढ्नुहोस

–युराे किड्स गोंगबु जहाँ लडेर जिब्रो प्वाल परेकी बालिकालार्इ पढ् भन्दै ३ घण्टा यातना दिइयो

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०९:५१