६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नेपाल प्रहरीका ६ एसपी र ६ डिएसपीको काज सरुवा, को कहाँ ?

२१ वैशाख, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रमुखका रुपमा रहेर बढुवा भएका ६ जिल्लाका एसपीको काज सरुवा भएकाे हाे ।

प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको प्रहरी प्रमुखमा मानवबेचबिखन अनुसन्धान ब्युरोका अनुपम शमशेर जवराको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी गणेश चन्दले दाङ प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको प्रहरी शाखामा कार्यरत एसपी कमल थापालाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ भने बर्दियाको प्रहरी प्रमुखमा एसपी केदार रजौरे, नवलपरासी (पश्चिम)को प्रमुखमा अजय केसी, र बाग्लुङमा शारदाप्रसाद चौधरीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको पनि काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत डीएसपी नवीनकृष्ण भण्डारीले मुस्ताङ प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै दार्चुलामा ट्राफिक महाशाखाका पदम बिष्टको सरुवा भएको छ । यस्तै डिएसपी नारायण चिमरियालाई खोटाङको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

ज्ञानेन्द्र फुयाल एसपीमा बढुवा भएपछि रिक्त ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारीमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत महेन्द्र श्रेष्ठलाई पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत होबिन्द्र बोगटी र राजेन्द्रप्रसाद धमला एसपीमा बढुवा भएपछि रिक्त स्थानमा सुधीरराज शाही र राजकुमार केसीको सरुवा भएको छ ।

प्रकाशित मिति : May 3, 2020 at 3:03 pm