१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

संसदकाे बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारकाे निर्णय

२१ वैशाख, काठमाडौँ । सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएकाे एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : 13:06