१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, यी एजेण्डामाथि हुँदैछन् छलफल

२१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । सम्भवत बैशाख २६ गते अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको जनाइएकाे छ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक प्रावधानका कारण वैशाख मसान्तभित्रै अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

त्यस्तै आजको बैठकले लकडाउनको मोडालिटी बनाउन उच्चस्तरीय समितिलाई निर्देशन दिन सक्ने समेत बुझिएको छ । सरकारले वैशाख २५ गतेसम्म गरेको लकडाउनलाई खुकुलो बनाउने की के गर्ने भन्नेबारेमा छलफल हुनेछ । हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र ठाउ र अवस्था हेरी खुकुलो बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय सभा सदस्यमा डा. युवराज खतिवडाको नाम सिफारिस गर्न सक्ने बताइएको छ । हिजो नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन उपयुक्तमा उम्मेदवार बनाउने निर्णय गरेकाले खतिवडाको नाम सर्वसम्मत भएको हो । खतिवडाको दुई वर्षे कार्यकाल फागुनमा सकिएपछि उहा अहिले संघीय संसदको सदस्य हुनुहुन्न । ६ महिना भित्र सदस्य बन्नुपर्ने प्रावधान रहेकाले उनलाई सरकारले सिफारिस गर्न लागेको हो ।

प्रकाशित मिति : 12:38